महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
३५१ पटक हेरिएको
Shares
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

सारांश

  • सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ?
  • प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।
  • आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ ।

सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।

आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ ।

‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ । त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ’, सभामुखनिकट स्रोतले भन्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सरकार र सत्तारुढ दलले कार्कीको एक्सन हेरेर थप कदम चाल्ने रणनीति बनाएका छन् । कांग्रेसले प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प लिएको छ । यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?