सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली

सारांश

  • मुस्ताङ, २९ भदौ  बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ ।
  • सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।
  • दर्जनाँै ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।

मुस्ताङ, २९ भदौ  बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ ।सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।दर्जनाँै ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ ।

छयत्तर किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ । यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो । पहिरोले लेते खोला नजिकै करीब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ ।कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ । थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो । पहिरो पन्छाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य पे्रमप्रसाद तुलाचनले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
कृष्णबहादुर आज पक्राउ पर्न सक्ने !
कृष्णबहादुर आज पक्राउ पर्न सक्ने !
आचारसंहिता कार्यान्वयन गर्न आग्रह
आचारसंहिता कार्यान्वयन गर्न आग्रह
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

तपाईंले छुटाउनुभयो कि?