पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा

सारांश

  • काठमाडौँ, १७ साउन ।
  • निकै प्रतिक्षित मानिएको नेपालको पहिलो एकदिवसीय शृङ्खला अन्ततः हारबाट सुरुवात भएको छ ।
  • आफ्नो एकदिवसीय यात्राको सुखद सुरुवात गर्ने उद्देश्यले नेदरल्याण्ड प्रस्थान गरेको नेपाली टोलिले घरेलु टोलिसँग ५५ रनको नमिठो हार व्यहोरेको छ ।

काठमाडौँ, १७ साउन । निकै प्रतिक्षित मानिएको नेपालको पहिलो एकदिवसीय शृङ्खला अन्ततः हारबाट सुरुवात भएको छ । आफ्नो एकदिवसीय यात्राको सुखद सुरुवात गर्ने उद्देश्यले नेदरल्याण्ड प्रस्थान गरेको नेपाली टोलिले घरेलु टोलिसँग ५५ रनको नमिठो हार व्यहोरेको छ ।  बुधबार भएको खेलमा नेपाली बलरले सँधैझैँ उत्कृष्ट बलिङ् गरेर विपक्षिलाई १८९ रनमा समेट्दा सामान्य १९० रनको लक्ष्य पाएको नेपाली टोलि १३४ रनमै अल आउट हुन पुग्यो । नाम एकदिवसीय रहेपनि खेल सँधैझैँ सामान्य रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले सुरुदेखि नै संघर्ष गरिरहेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ४ र सोमपाल कामीले ३ विकेट लिएपछि नेदरल्याण्डको ब्याटिङ् लाईनअप धरासाई हुन पुग्यो । यसबाहेक बसन्त रेग्मी, सन्दिप लामिछाने र करन केसीले एकएक विकेट लिएका थिए । नेदरल्याण्डका लागि माईकल रिपनले अर्धसतकिय पारी खेल्नुबाहेक अन्य डच खेलाडीले ३० को आँकडा पनि पार गर्न सकेनन् ।

१९० रनको लक्ष्य पछ्याएको नेपाले राम्रो सुरुवात गर्दै ५८ रनको ओपनिङ साझेदारी गरेको थियो । जुन एकमात्र राम्रो साझेदारी हुन पुग्यो । पहिलो विकेटका रुपमा अनिल शाह व्यक्तिगत २० रनमा आउट भए भने अर्का ओपनर ज्ञानेन्द्र मल्लले ५१ रन प्रहार गरे ।

आसा गरिएका खेलाडी
पारस खड्का


पारसले बलिङ्मा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा खासै जम्न सकेनन् । किफायति बलिङ् गर्दै उनी एक्लैले ४ विकेट लिएका थिए । तेस्रो नम्बरमा ब्याटिङ्मा आएका पारसले ब्याक्तिगत १२ रन बनाएर आउट भए ।

अनिलकुमार शाह


पछिल्ला केही अभ्यास खेलहरुमा राम्रो खेलिरहेका अनिलले पनि पहिलो एकदिवसीय खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ५८ रनको साझेदारी गरेपछि अनिल पहिलो विकेटका रुपमा व्याक्तिगत २० रन बनाएर आउट भएका थिए ।

आरिफ शेख


खेलमा कन्सिस्टेन्सीका लागि परिचित आरिफले पनि आफ्नो लय अनुसारको ब्याटिङ् गर्न नसकि खाता नै नखोलि आउट हुन पुगे ।

करन केसी र सोमपाल कामी


करन र सोमपाल मुख्य बलरका साथै राम्रो ब्याटिङ् क्षमता भएका खेलाडी पनि हुन् । धेरै पटक टिमलाई खराब परिस्थितिबाट उकासेका उनीहरु नेदरल्याण्डको बलिङका सामु निरिह  भए ।

कस्तो थियो तयारी ?
भन्नको लागि ऐतिहासिक खेल भनिए पनि नेपालको तयारी भने त्यति खास थिएन । यो खेलको तयारी पनि अन्य लिस्ट ए का खेल समान थियो । र कोच पनि डिभिजन २ देखि नै जगत टमाटा रहेका छन् । विना कुनै तयारी र स्तरीय कोचको विना राम्रो नतिजाको अपेक्षा गर्नु मुर्खता हो ।

किर्तिमान

याे यसैपनि एेतिहासिक खेल थियाे यसका साथै  विभिन्न रेकर्डहरु खेलाडीहरुले  अाफ्नाे नाममा बनाउका छन् । जस्तै पहिलाे एकदिवसीय विकेट साेमपालकाे नाममा रह्याे भने पहिलाे अर्धसतक उपकप्तान ज्ञानेन्द्र मल्लले अाफ्नाे नाममा दर्ता गरे । त्यस्तै ४ विकेट लिने पहिलाे खेलाडी कप्तान पारस बने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
कपिल शर्माको ट्विटमा विवाहको कार्ड
कपिल शर्माको ट्विटमा विवाहको कार्ड
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर
फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?