‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज शनिबार चियापान कार्यक्रम गर्दैछ ।
  • चियापान कार्यक्रममा ५० हजारलाई निम्तो दिइएको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज शनिबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा ५० हजारलाई निम्तो दिइएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछिको पहिलो चियापान कार्यक्रममा आफू आउन नसक्ने भन्दै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले व्यंग्यात्मक ट्विट गरेका छन् ।

आज दिउसो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको चियापन कार्यक्रममा आफू उपस्थित हुन नसक्ने भट्टराईले ट्विट मार्फत व्यक्त गरेका हुन् । भट्टराईले चारवटा निमन्त्रणापत्रसमेत राखेर ट्विट गरेका छन् ।

‘सत्तासिन कामरेडहरु, एउटै खाममा ४ वटा शुभकामना ! निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद ! तपाइँहरु सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीव देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थयो कि ? त्यसैले म आउन सकिनँ ! जय होस ।’ बिहान गरेको ट्विटमा लेखिएको छ ।

२०७५ सालको वडा दशैं, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठ लगायत समस्त नेपाली चाडबाडको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्धारा हस्ताक्षरित निमन्त्रणापत्र बाँडिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिलिण्डर बम निष्क्रिय
सिलिण्डर बम निष्क्रिय
२३औँ  विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
२३औँ विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !