सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ ।
  • आइतबार बेलुका बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंग्याएको हो ।

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ । आइतबार बेलुका बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंग्याएको हो ।

प्रदेश १ मा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । अन्य बाँकी छ वटै प्रदेशमा मुख्यमन्त्रीको टुंगो सत्ता गठबन्धनको बैठकले लगाएको हो ।

गठबन्धनको भागबण्डा अनुसार  गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । माओवादीको भागमा कर्णाली परेको छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो गर्ने भएका छन् । बागमती प्रदेशमा माओवादी र एमाले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

यस्तै सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?