करन जोहरको खुलासा, काजोलको क्रस अक्षयकुमारसँग थियो
सारांश
- अभिनेत्री काजोलका बेष्ट फ्रेण्ड करन जोहरले हालै द कपिल शोमा एउटा खुलासा गरे ।
- उनको खुलासा अनुसार कुनै समय काजोल अक्षयकुमार प्रति निकै आकर्षित थिइन् ।
- करनका अनुसार हिना फिल्मको प्रिमियरको क्रममा उनले काजोलको क्रस अक्षयकुमारसँग भएको उनले थाहा पाए ।
अभिनेत्री काजोलका बेष्ट फ्रेण्ड करन जोहरले हालै द कपिल शोमा एउटा खुलासा गरे । उनको खुलासा अनुसार कुनै समय काजोल अक्षयकुमार प्रति निकै आकर्षित थिइन् । करनका अनुसार हिना फिल्मको प्रिमियरको क्रममा उनले काजोलको क्रस अक्षयकुमारसँग भएको उनले थाहा पाए । फिल्मको पुरै प्रिमियर भर काजोलले अक्षयकुमारकै मात्र अनुहार हेरिरहेको करनको भनाई छ ।
उक्त समय उनीहरुले दुवैले पुरै इभेन्ट भरी अक्षयको खोजी गरेका थिए । तर अक्षय कही भेटिएनन् । यद्यपी पछि उनीहरुको मित्रता गासियो । करन र अक्षय दुवै दक्षिण भारतमा बस्थे । त्यसैले पनि उनीहरुको मित्रता कसिलो बन्दै गयो । यसै समय काजोल र अक्षयकुमारले ये दिल्लगी फिल्मका सँगै काम गरे ।
काजोललाई करणको जन्म दिन याद हुन्थेन
काजोल र करनको गहिरो मित्रता भएको त सबैलाई थाहै छ । लामो समयदेखि उनीहरुको मित्रता यथावत रहँदै आएको छ । तर यति गहिरो मित्रता हुँदा पनि काजोलले करनको जन्म दिन कहिल्यै याद गर्न सकिनन् । करनलाई जन्म दिनको विस गर्दा काजोल कि त जन्म दिन अगावै गर्थिन कि त एक दिन पछि । काजोलको यही बानीलाई करनले उनी सम्बन्ध सुमधुर राख्न बाठी रहेको भन्छन् ।
करनको ड्रेसिंग सेन्समा हाँस्थिन काजोल
काजोलले उक्त सोमा करनलाई पहिलोपटक देख्दा उनको ड्रेसिंग सेन्स देख्दा आफुले हाँसो रोक्न नसकेको बताइन् । डिस्कोथेकमा भएको एउटा पार्टीमा पहिलोपटक भेटेको स्मरण गर्दै काजोल भन्छिन् त्यस्तो ठाउँमा पनि करन थ्रि पिस सुट पहिरेर आएका थिए । करनलाई त्यस्तो अवस्थामा देख्दा आफुले हाँसो रोक्न नसकेको काजोल भन्छिन् । काजोलको कुरामा जवाफ फर्काउँदै करन भन्छन् १७ वर्षको उमेरमा आफुलाई फिल्मको कार्यक्रममा जाँदा सुट लगाएर जानु पर्छ भन्ने लाग्यो त्यसैले त्यसरी गए । त्यतिबेला काजोलकी आमा तनुजाले उनलाई डान्स गर्न भनेको र डान्स गर्दा काजोल मुर्छा पर्ने गरी हाँसेको पनि करनले स्मरण गरे ।
प्रतिक्रिया