सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
३७ पटक हेरिएको
Shares
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।
  • नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन् । “सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,” उनले भने ।

नेता डा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरेका छन् ।

उनले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन् । “संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन”, नेता कोइरालाले भनेका छन् ।

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ । “हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,” उनले भनेका छन् ।

उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance referral code

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्कता अपनाउदै इद उल फित्र मनाउन प्रम ओलीको अनुरोध
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा नै रोकियो
पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा नै रोकियो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै

तपाईंले छुटाउनुभयो कि?