सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभाले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो सशोधन) विधेयक २०७५ सर्वसम्मति पारित गरेको छ।
  •   समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर विधेयक आइतबार नै पारित गरेको हो।
काठमाडौं। राष्ट्रियसभाले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो सशोधन) विधेयक २०७५ सर्वसम्मति पारित गरेको छ। 
समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर विधेयक आइतबार नै पारित गरेको हो। विधेयक पारित गर्नका लागि आइतबार ३ वटा बैठक बसेका थिए। सरकारको तर्फबाट पहिलो बैठकमा टेबल भएको विधेयकलाई नियम निलम्बन गरेर आइतबार नै बसेको तेश्रो बैठकले सर्वसम्मति पारित गरेको हो। 
विधेयकमा संशोधनको सूचनामा रहेको ७२ घण्टाको प्रावधानलाई नियम निलम्बन गरी आइतबार नै २ बजेर ४५ मिनेट सम्मको समय तोकिएको थियो। विधेयकमाथि कुनै पनि संसोधन प्रस्ताव नपरेपछि तेश्रो बैठकले विधेयक सर्वसम्मति पारित गरेको हो। 
विधेयकमा २०७५ चैत्र मसान्त भित्र काम सक्ने गरि दुवै आयोगको समय थप गरिएको छ। थप गरिएको समयमा पनि काम सकिएन भने सोही मितिमा आयोगका पदाधिकारीको म्याद पनि सकिने तर आयोग जिवितै राख्ने प्रावधान सहित विधेयकमा संशोधन गरिएको छ। वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद माघ २६ गतेसम्मका लागि मात्रै थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
प्रक्रिया बिना नै हस्पिटल कब्जा गर्न खोजियो : जीवन गौतम
प्रक्रिया बिना नै हस्पिटल कब्जा गर्न खोजियो : जीवन गौतम
गाउँतिर जान डाक्टरहरु हानथाप, कारण यस्तो छ
गाउँतिर जान डाक्टरहरु हानथाप, कारण यस्तो छ
छोराले बिहे गर्दा बाबुआमा कुटिए
छोराले बिहे गर्दा बाबुआमा कुटिए
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा कंगना
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी
महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

तपाईंले छुटाउनुभयो कि?