बक्स अफिसका नाममा ५ करोड स्वाहा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बक्स अफिसका नाममा ५ करोड स्वाहा !

सारांश

  • काठमाडौँ, २८ माघ ।
  • साउन १ गतेबाट चलचित्र विकास बोर्डले देशभर बक्स अफिस लागु गर्‍यो ।
  • सो संख्या, टिकट बिक्रीदेखि फिल्मको सम्पूर्ण व्यापार पारदर्शी हुने बोर्डको दाबी थियो ।

काठमाडौँ, २८ माघ । साउन १ गतेबाट चलचित्र विकास बोर्डले देशभर बक्स अफिस लागु गर्‍यो । सो संख्या, टिकट बिक्रीदेखि फिल्मको सम्पूर्ण व्यापार पारदर्शी हुने बोर्डको दाबी थियो । ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ साउनयता रिलिज भएका सुपरहिट फिल्म हुन् । तर, दुवै फिल्मका निर्माताले बोर्डको बक्स अफिसबाट तथ्यांक लिएनन्, आफ्नै वितरकको रिर्पोट पत्याए ।

‘कबड्डी कबड्डी कबड्डी’ ले नेपालभित्र १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता मणिराम पोखरेलको दाबी छ । ‘छ माया छपक्कै’ ले चाहिँ १२ करोड ७५ व्यापार गरेको निर्मातारअभिनेता दीपकराज गिरी बताउँछन् । बोर्डको बक्स अफिसबाट तथ्यांक किन नलिएको रु दुवै निर्माताको जवाफ एउटै छ, ‘बक्स अफिसले देखाउने व्यापारको विश्वास छैन ।’ तर उनीहरूले चाहे भने पनि बोर्डबाट आफ्नो फिल्मको व्यापारिक आँकडा पाउँदैन्थे । किनभने, खुद बोर्डको प्रणालीसँगै तथ्यांक छैन । बोर्डले जडान गरेको केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (सीसीएमएस) का मूल प्राविधिक सुनील नेपाली भन्छन्, ‘अक्टोबर र नोभेम्बरमा सफ्टवेयरको सबै डाटा हरायो, कामै गरेन । त्यहीबेला यी फिल्म रिलिज भएको हुन सक्छ ।’ बाँकी अवधिको पनि उक्त सिस्टममा विश्वसनीय डाटा छैन । सोही कारण कुनै निर्माताले बक्स अफिसको भर गर्दैनन् । ‘वितरकले हामीलाई दिनेभन्दा बक्स अफिसको डाटा कम हुने रहेछ । हामीभन्दा अगाडि रिलिज भएका फिल्मका निर्माताकै सुझावअनुसार हामीले वितरककै हिसाब मान्यौं,’ पोखरेलले भने । उता, दर्शक धेरै आए भनेर हलले ‘म्यानुअल’ टिकट बेचेको गिरीको दाबी छ । भन्छन्, ‘अहिले बक्स मात्र छ, अफिस छैन । त्यसैले सरकारी डाटा सही हुन्न । बरु मल्टिप्लेक्स हलको प्रणाली विश्वास योग्य छ ।’

बोर्डले फिल्मको व्यापारको पारदर्शितामा बक्स अफिस प्रणाली ‘जादूको छडी’ सावित हुने प्रचार गरेको थियो । यसका लागि सरकारको ५ करोड खर्च भइसकेको छ । बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईका अनुसार सफ्टवेयर नै ९९ लाखमा किनिएको थियो । त्यसबाहेक सर्भर, कम्प्युटरलगाएत भौतिक सामग्रीमा ४ करोड सकियो । तर, यति महँगो र हल्लाखल्ला गरी लागू गरिएको बक्स अफिस प्रणाली पूरापूर निकम्मा भएको छ । बक्स अफिसका लागि लामो समयदेखि आवाज उठाइरहेका निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘बक्स अफिस त लागू भयो तर यो डेढ वर्ष निराशामै बित्यो, यसको कुनै प्रभावकारिता देखिएन । हामीले चाहेको सिस्टम यस्तो हुँदै होइन ।’ बक्स अफिसले कुनै फाइदा नदिएको भन्दै बारम्बार निर्माताहरूले दुःखेसो पोख्ने गरेको अधिकारीले बताए । देशभर गत साउन लागू भए पनि राजधानीमा त्यसको एक वर्षअगाडि नै बक्स अफिस जडान गरिएको थियो । निर्माता मात्र होइन, वितरकसमेत बोर्डको बक्स अफिस ‘फेल’ भएको दाबी गर्छन् । नेपाली तथा हिन्दी फिल्मका वितरक प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘वितरक र हल सञ्चालकले गडबडी गरे भनेर बक्स अफिस ल्याइयो तर अहिले कुन निर्माताले बक्स अफिसको रिर्पोट लिएको छ रु हामीले दिने हिसाबभन्दा कम भएपछि निर्माताले कसरी पत्याउनु १ सरकारको ५ करोड पानीमा गयो ।’ (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
चक्कु प्रहार गर्ने चार पक्राउ
चक्कु प्रहार गर्ने चार पक्राउ
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
What exactly is Mail Buy Bride? — Facts And Fiction Regarding this Crazy Dating Service
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु
राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’

तपाईंले छुटाउनुभयो कि?