पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् ।
  • पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु¥याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् ।
  • भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए ।

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु¥याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए ।

एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए । सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समयकहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेको उनले अस्पतालका चिकित्सकसँग भनेका छन् । भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए । मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको देवचुली गाउँपालिका–१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए । एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिए । त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन् । उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौँतर्फ गएको अनुमान छ । चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन् । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन् । भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ ।

उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन् । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन् । डा पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो । सो ट्रक २६२० नंको रहेको पौडेलले बताए । उनले भने, “सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पु¥याउनुप¥यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ
निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ
निजामती कर्मचारी युनियनमा पोखरेल
निजामती कर्मचारी युनियनमा पोखरेल
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
इटहरीमा काँग्रेसको अग्रता
इटहरीमा काँग्रेसको अग्रता
कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो
Checkout some inside pictures from Rubina Dilaik & Abhinav Shukla’s Mumbai reception!
Checkout some inside pictures from Rubina Dilaik & Abhinav Shukla’s Mumbai reception!

तपाईंले छुटाउनुभयो कि?