निर्मला पन्त हत्या प्रकरण: प्रहरी अनुसन्धानमा गल्ती !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकरण:  प्रहरी अनुसन्धानमा गल्ती !

सारांश

  • काठमाडौं, ९ असाेज।
  •  निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकाल्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
  • गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको प्रतिवेदनमा प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्षयस्तो निष्कर्ष निकालिएको हो।

काठमाडौं, ९ असाेज। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकाल्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको प्रतिवेदनमा प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्षयस्तो निष्कर्ष निकालिएको हो। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले आज उक्त प्रतिवदेन गृहमन्त्री थापालाई बुझाएको हो।

घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो।प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको प्रतिवेदनमा उल्लेख छ।

एसपी डिल्लीराज विष्टलाई यसबारे पटकपटक सम्पर्क गर्दा फोन नउठाएको प्रजिआले समितिसामु बताएका छन्। समितिसँगको बयानमा प्रजिअले गोली चलाउन आफूले आदेश नदिएको अवस्थामा एसपी सम्पर्कमा आउन नचाहेको बताएका छन्। समितिले अहिले पनि एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि अनुसन्धान गरिरहेको बताएको छ। यस्तै, उक्त घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ।समितिले गत ३० मा बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।

कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
बर्मा अर्थात म्यानमारसँग नेपालीको सम्बन्ध
बर्मा अर्थात म्यानमारसँग नेपालीको सम्बन्ध
डा गोविन्द केसीले ताेड्ने भए अनशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड