प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
सारांश
- काठमाडौ ४ मङ्सिर ।
- आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ ।
- फेसबुकले अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।
काठमाडौ ४ मङ्सिर । आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ । फेसबुकले अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।
साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै memorialized accounts को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालकको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।
माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ ।
प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफसेआफ memorialized accounts बनाउँछ ।
साथै फेसबुकले दाहालको फेसबुक एकाउन्टबाट friends, following र message को अप्सन पनि हटाइदिएको छ ।
प्रतिक्रिया