चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
सारांश
- काठमाडौं।
- आन्तरिक गुटबन्दीका कारण नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया अन्योलमा परेको छ।
- शीर्ष तहमा देखिएको मतभेदका कारण सांगठनिक एकता प्रक्रिया दश महिना बितिसक्दा समेत टुंगो लाग्न सकेको छैन।

काठमाडौं। आन्तरिक गुटबन्दीका कारण नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया अन्योलमा परेको छ। शीर्ष तहमा देखिएको मतभेदका कारण सांगठनिक एकता प्रक्रिया दश महिना बितिसक्दा समेत टुंगो लाग्न सकेको छैन।
एकता प्रक्रियालाई चाँडो टुंग्याउन कार्यकर्ताले दबाव दिँदापनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक एकताको ठोस सहमति जुटाउन सकेका छैनन्।
सचिवालय, केन्द्रीय समिति र प्रदेश कमिटी गठन भए पनि बाँकी सांगठनिक काम अगाडि बढ्न सकेको छैन।
सचिवालय, केन्द्रीय समिति र प्रदेश कमिटी गठन भए पनि बाँकी सांगठनिक काम अगाडि बढ्न सकेको छैन।
सांगठनिक एकतालाई पूर्णता दिन सचिवालय र स्थानीय समितिबाट गठन भएको कार्यदल असफल भइसकेको छ। स्थानीय समितिबाट गठित कार्यदल भंग गरेर अध्यक्षद्वय ओली र प्रचण्डले नै बाँकी एकताको काम अगाडि बढाएका छन्।
अध्यक्षद्वय ओली र प्रचण्डबीच सांगठनिक एकताको बाँकी काम टुंगो लगाउन छलफल भए पनि सहमति जुट्न सकेको छैन।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको भावनाअनुसार मात्र पार्टी एकता टुंगो लगाउने दबाब दिँदै आएका छन्। पार्टीभित्र अध्यक्ष ओली र प्रचण्डले चाहेर मात्र निर्णय हुन सक्ने अवस्था छैन। प्रदेश कमिटीको टुंगो लागेसँगै असन्तुष्ट बन्दै आएका नेता नेपाललाई मनाएर अगाडि बढ्ने नीति अध्यक्षद्वय ओली र प्रचण्डले लिएका छन्।
सरकारले सीके राउतसँग गरेको सहमति र विप्लव समूहलाई लगाएको प्रतिबन्धप्रति पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। सीके राउतसँग सहमति गरेर विप्लव समूहलाई प्रतिबन्ध लगाउने हतारोको निर्णय भएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन्।
सांगठनिक एकताको बाँकी सम्पन्न गर्न सचिवालयको बैठक बोलाउन अध्यक्ष ओलीलाई दबाब रहे पनि सचिवालय बैठकको मिति तय हुन सकेको छैन।
तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भएको १० महिना पुगिसकेको छ । यस अवधिमा गुट उपगुट तथा सहगुट हुँदै गुट बढ्ने क्रममा पनि वृद्धि आएको कार्यकर्ताको गुनासो छ । अधिकांश कार्यकर्ताले गुट उपगुटको स्वार्थकै कारण एकता अलमलमा परेको भन्दै आक्रोशसमेत पोख्न थालेका छन् ।
शीर्षस्थ नेतामाथि गुटलाई निराकरण गर्नभन्दा पनि उल्टै बढावा दिने काममा समेत तल्लीन हुन पुगेको आरोप लाग्दै आएको छ । गुट उपगुटकै कारण शीर्ष नेताहरूले आफू निकटलाई च्याप्ने र इतरलाई पाखा लगाउने योजनाका कारण भागबन्डामा समेत कुरा मिल्न सकेको छैन । चरम गुटबन्दीका कारण एकता प्रक्रियाको टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् ।
तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।
अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ ।
अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ ।
घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखी स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन्।
पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भए । पछिल्लो समय स्थायी कमिटीबाट गठन भएको कार्यदल विघटन गर्दै एकताको सम्पूर्ण प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिवालयले लिएको छ ।
पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भए । पछिल्लो समय स्थायी कमिटीबाट गठन भएको कार्यदल विघटन गर्दै एकताको सम्पूर्ण प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिवालयले लिएको छ ।
स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।
महिनौसम्म एकता टुंगो लाग्न नसकेका कारण अलपत्र परेका सबै तहका कमिटीहरूको कुनै कार्यक्रम पनि भइरहेको छैन । कार्यक्रम शून्य हुनुका साथै नेताहरूले जिम्मेवारी नपाएका कारण पार्टीको सांगठनिक कार्यका साथै वैचारिक कार्य ओझेलमा परेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया