सप्तरिका वडाध्यक्ष र सचिव पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सप्तरिका वडाध्यक्ष र सचिव पक्राउ

सारांश

  • सप्तरी, ७ कात्तिक।
  • सप्तरीमा वडा अध्यक्ष र सचिव सहित चार जनाविरूद्ध उजुरी परेकाे छ ।
  • भारतीय नागरीकलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हाे ।

सप्तरी, ७ कात्तिक। सप्तरीमा वडा अध्यक्ष र सचिव सहित चार जनाविरूद्ध उजुरी परेकाे छ । भारतीय नागरीकलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हाे ।

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ ।

साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो । संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?