एउटा रुखको सुरक्षामा चौबिसै घण्टा प्रहरी तैनाथ !
सारांश
- भेरी इम्पोर्टेन्ट पर्सन (भीआइपी) शब्द सामान्यतः अत्यन्त महत्वपूर्ण मानिसका लागि प्रयोग गर्ने गरिन्छ ।
- तर भारतमा एउटा पिपलको वृक्षको हकमा पनि यो शब्दावली प्रयोग भएको छ ।
- उक्त पिपलको वृक्षलाई २४ सै घन्टा सुरक्षाका लागि ४ जना प्रहरीसमेत खटाइएको छ भने रेखदेखका लागि सरकारले वार्षिक १२ लाख रुपैंयाँ बजेटसमेत छुट्याएको छ ।
भेरी इम्पोर्टेन्ट पर्सन (भीआइपी) शब्द सामान्यतः अत्यन्त महत्वपूर्ण मानिसका लागि प्रयोग गर्ने गरिन्छ । तर भारतमा एउटा पिपलको वृक्षको हकमा पनि यो शब्दावली प्रयोग भएको छ । उक्त पिपलको वृक्षलाई २४ सै घन्टा सुरक्षाका लागि ४ जना प्रहरीसमेत खटाइएको छ भने रेखदेखका लागि सरकारले वार्षिक १२ लाख रुपैंयाँ बजेटसमेत छुट्याएको छ । भारतको मध्यप्रदेशस्थित भोपाल र बिदिसा सहरको बीचमा पर्नेे साञ्ची बौद्ध विश्वविद्यालयको स्वामित्वमा सलामतपुर नाम गरेको पहाडमा रहेको उक्त भीआइपी पिपलको वृक्षलाई विशेष सुरक्षासहित हेरचाह गरिन्छ ।
सुरक्षा दिइएको पिपलको बृक्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको साञ्ची बौद्ध परिसरभन्दा केही दूरीमा रहेको छ । मध्यप्रदेशका मजिस्ट्रेट वरुण अवस्थीकाअनुसार उक्त वृक्षको पालनपोषणका लागि आवश्यक पर्ने पानीको जोहो गर्न ट्यांकर किनिएको छ । उनले यसै बृक्षका लागि मध्यप्रदेश कृषि विभागबाट एकजना ‘बोटानिस्ट’ नियुक्त गरिएको छ । ‘बोटानिस्ट’ले हरेक हप्ता यहाँ आएर वृक्षको स्वास्थ्य परीक्षण गर्ने गर्दछ । स्थानिय प्रशासनले उक्त ‘भीआइपी’ वृक्षलाई विशेष निगरानी गर्नुको कारण भने अर्कै रहेछ ! यस वृक्षलाई दानाकै अवस्थामा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको हातमा एक बौद्ध धर्मगुरुले राखिदिएका थिए । पछि त्यस दानबाट बिरुवा उम्रेपछि भारत भ्रमणकाक्रममा पाँच वर्षअघि राजपाक्षेले आफ्नै हातले यो बृक्ष रोपेकोे बताइन्छ ।
अहिले उक्त पिपलको वृक्ष बौद्धधर्मका अनुयायी र स्थानिय प्रशासनका लागि निकै खास मानिन्छ । भगवान गौतम बुद्धले बोधित्व प्राप्त गरेको रुखको सम्झनामा यस रुखको नाम ‘बोधिवृक्ष’ राखिएको छ । ‘साञ्ची महाबोधि सोसाइसी अफ इन्डिया’का सदस्य भन्ते चन्द्रनाथनले उक्त वृक्षलाई ‘भीआइपी’को दर्जा दिनुको अवधारणबारे प्रस्ट पार्दै इसापूर्वको तेश्रो शताब्दीमा भगवान बुद्धले ज्ञान प्राप्त गरेको पिपलको वृक्षकै एक अंश श्रीलंकाको अनुराधापुरामा लगिएको बताए । उनकाअनुशार त्यही वृक्षको अंश फेरि भारतमा ल्याएर रोपिएको हो ।
Nawaraj Shrestha
Yo chhi ati ramro kam thanks india governent
Sasha Ank
paxi india le yehi rukh muni buddha le budhdhatwa prapta gareka hun bhanera bhanxa sure la tehI bhara yetro surakhxa dexa