मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति

सारांश

  • काठमाडौं, १५ कात्तिक ।
  • काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्व मेयर केशव स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दावी गरेको छ ।
  • आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ ।

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्व मेयर केशव स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दावी गरेको छ । आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ । तर रश्मिला प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको आरोप लगाएकी छन् ।

मि टु अभियान अन्तर्गत सन्चारकर्मी प्रजापतिले केही दिनअघि फेसबुक र अन्य सन्चारमाध्यममार्फत आफूले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको दावी गरेकी थिइन् । स्थापितले पटक-पटक आफूलाई गाडी नै पठाएर निजी सम्बन्धको प्रस्ताव राखेको आरोप उनले लगाएकी छन् । आफूले स्थापितको प्रस्ताव नमानी प्रतिवाद गर्दा २०६० सालमा जागिरबाट निकालिएको प्रजापतिको आरोप छ । तर महानगरपालिकाले विज्ञप्तिमार्फत सो आरोपमा सत्यता नभएको र प्रजापतिलाई महानगरको जागिरबाट हटाइदा स्थापित मेयर नरहेको समेत जनाएको छ ।

हेर्नुहोस् महानगरपालिकाको विज्ञप्तिमहानगरपालिका अन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालीन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेको भनी सबै कर्मचारी सम्बद्ध युनियनहरुले हड्ताल गरेपछि उनलाई अतिरिक्त समूहमा सरुवा गरिएको महानगरले जनाएको छ । प्रजापतिले गरेका अनियमिताको छानविन गर्ने टोली गठन भएको र सोही क्रममा अस्थायी सेवामा कार्यरत उनलाई प्रशासनिक प्रक्रियाद्वारा सेवाबाट हटाइएको महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका बेला स्थापित महानगरको प्रमुख नरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच स्थापितले आफूमाथि पटक-पटक प्रजापतिले व्यक्तिगत पूर्वाग्रह साँधेर चरित्रहत्याको प्रयास गरेको आरोप लगाएका छन् । कर्मचारी आन्दोलनका कारण जागिरबाट अवकाश पाएकी प्रजापतिको जागिर थमौति गर्ने आग्रह आफूले सो समयमा पूरा गर्न नसकेकाले उनले प्रतिशोध साँधेको दावी स्थापितले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !
कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !
जापानमा पहिरोले पुरिएर छ बेपत्ता
जापानमा पहिरोले पुरिएर छ बेपत्ता
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्न कांग्रेसको माग
डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्न कांग्रेसको माग
उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ
बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, १७ घाइते
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै