सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,

सारांश

  • राजविराज, ११ कात्तिक , सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ ।
  • दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताउनुभयो ।
  • राष्ट्रिय वाणिज्य बंैक, गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उहाँकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए ।

राजविराज, ११ कात्तिक , सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ ।

दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बंैक, गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उहाँकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए । संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो ।

उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नंको सन्देश बसमा चढेर जाँदै गर्दा आज बिहान त्रिशूलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् । अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा  ढुक्क भए ।
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा ढुक्क भए ।
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित सम्मानित
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित सम्मानित
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

तपाईंले छुटाउनुभयो कि?