सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा

सारांश

  • आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् ।
  • नवलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता रहेका छन् ।
  • प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् ।

नवलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता रहेका छन् ।

प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता रहेको प्रदेश नं ६ को १० जिल्लामा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

यसैगरी कूल २९ लाख ९३ हजार ७२० मतदाता रहेको प्रदेश नं १ को १४ जिल्लामा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ निर्वाचन क्षेत्र तोकिएको छ ।

कूल २७ लाख ६७ हजार ३९३ मतदाता रहेको प्रदेश नं २ को आठ जिल्लामा प्रतिनिधि सभाका लागि कूल ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र तोकिएका छन् ।

यसैगरी कूल १५ लाख ६८ हजार ९२७ मतदाता रहेको प्रदेश नं ४ को ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ भने कूल २७ लाख ४० हजार ८६९ मतदाता रहेको प्रदेश नं ५ को १२ जिल्लामा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र तोकिएका छन् ।

त्यस्तै कूल १४ लाख ३५ हजार ६७४ मतदाता रहेको प्रदेश नं ७ को नौ जिल्लामा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

संघीय संरचनाअनुरुप नेपालमा कूल ७७ जिल्लामा प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख
चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख
कोभिडको मारमा नेपाली पत्रकार
कोभिडको मारमा नेपाली पत्रकार
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई
कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
परिवारसहित मलाइका-अर्जुन डिनर डेटिंगमा
परिवारसहित मलाइका-अर्जुन डिनर डेटिंगमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्

तपाईंले छुटाउनुभयो कि?