सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस

सारांश

  • काठमाडौं, ३ चैत ।
  • सभामुख कृष्णबहादुर महराको प्रेस संयोजकमा प्रेस सेन्टर दाङका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्ललाई सिफारिस गरिएको छ ।
  • प्रेस सेन्टर दाङको शुक्रवार घोराहीमा बसेको बैठकले मल्ललाई प्रेस संयोजकमा सिफारिस गरेको हो ।

काठमाडौं, ३ चैत । सभामुख कृष्णबहादुर महराको प्रेस संयोजकमा प्रेस सेन्टर दाङका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्ललाई सिफारिस गरिएको छ । प्रेस सेन्टर दाङको शुक्रवार घोराहीमा बसेको बैठकले मल्ललाई प्रेस संयोजकमा सिफारिस गरेको हो ।

दाङबाट प्रकाशित हुने नौलो जनउभार साप्ताहिकको सम्पादकका रुपमा कार्यरत मल्ल सल्यानको कुमाख गाउँपालिका निवासी हुन् । मल्ल जनयद्धकालदेखि नै पत्रकारिता र साँस्कृतिक मोर्चामा क्रियाशील थिए । जनादेश, जनदिशा, गोरखापत्र, लालरक्षक लगायतका पत्रपत्रिकामा रिपोर्टिङ गरेका मल्लले नौलो जनउभार साप्ताहिक, अन्तध्र्वनि साहित्यिक त्रैमासिक लगायत विभिन्न पत्रपत्रिकाको सम्पादन गरिसकेका छन् । पत्रकारितामा क्रियाशील हुनुअघि मल्ल माओवादी निकट प्रतिरोध, सामना परिवार लगायतका साँस्कृतिक टोलीमा रहेर काम गरेका थिए ।

अध्यक्ष मल्ल सभामुखको प्रेस संयोजकमा सिफारिस भएपछि प्रेस सेन्टर दाङको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीलाई दिइएको छ । मल्लको अध्यक्षता तथा माओवादी केन्द्र दाङका जिल्ला सहइन्चार्ज हेमराज शर्मा “डायमण्ड”को प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

सभामुख कृष्णबहादुर महरा दाङ– २ बाट निर्वाचित भएका थिए । महराले दाङलाई नै कर्मभूमि बनाएका मल्ललाई आफ्नो प्रेस संयोजकमा चुनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण
पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण
निगुरो बेचेर मनग्य आम्दानी
निगुरो बेचेर मनग्य आम्दानी
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
पशुपतिमा आज महादीपदान, भोलि शतबीज छरिने
पशुपतिमा आज महादीपदान, भोलि शतबीज छरिने
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?
कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?

तपाईंले छुटाउनुभयो कि?