आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !

सारांश

  • काठमाडौं, ८ साउन ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ बर्षअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३६ डाक्टरलाई पक्राउ गरेको घटना सेलाइनसक्दै आयुर्वेद क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ ।
  • नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादवले बिहारको सितामढीको एक कलेजको आइएसीको नक्कली प्रमाणपत्रका आधारमा ब्याचलर अफ आयुर्वेद मेडिसिन सर्जरी(बीएमएस) अध्ययन गरी एमडी समेत गरेको खुलेको छ ।

काठमाडौं, ८ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ बर्षअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३६ डाक्टरलाई पक्राउ गरेको घटना सेलाइनसक्दै आयुर्वेद क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ । नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादवले बिहारको सितामढीको एक कलेजको आइएसीको नक्कली प्रमाणपत्रका आधारमा ब्याचलर अफ आयुर्वेद मेडिसिन सर्जरी(बीएमएस) अध्ययन गरी एमडी समेत गरेको खुलेको छ । उनले नेपालमा आयुर्वेद सहायक अध्ययन गरिरहेको समयमा भारतको बिहारमा विज्ञान बिषयमा आइएससी अध्ययन गरेको देखिएको छ ।

डा यादव त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पसमा सहायक आयुर्वेद कार्यकर्ता अध्ययनका लागि २०४६ मा भर्ना भएका उनको प्रमाणपत्रबाट खुल्छ । उनले २ बर्षमा आयुर्वेदको कोर्ष पूरा गरी २०४८ साउन १३ मा पास गरेको देखिन्छ । प्राविधिक बिषय आयुर्वेद, अहेव, सीएमए जुनसुकैमा कम्तीमा ३ महिना प्रयोगात्मक (ओजेटी) गर्नैपर्छ । कोर्ष २०४७ चैतमा सकिए पनि ओेजेटी ३ महिना कम्तीमा गर्दा उनको पढाइ २०४८ साउनसम्म नै हुन्छ । डा यादवले २०४६ साउनदेखि २०४८ साउनसम्म नै नेपालको आयुर्वेद क्याम्पसमा नियमित अध्ययन गरेर मात्र प्रमाणपत्र पाएका हुन्।

इस्वी सन् १९८९ जुलाईदेखि १९९१ जुलाईसम्म उनले नेपालको आयुर्वेद क्याम्पसमा अध्ययन गरेको देखिन्छ । तर उनले बीएमएस अध्ययनका लागि पेश गरेको भारत बिहारको सीतामढीको रामऔतार राजकिशोर माधुरी यादव कलेजको प्रमाणपत्रमा सन् १९९० देखि १९९२ सम्म आइएससी अध्ययन गरेको उल्लेख छ । आयुर्वेद प्राविधिक त्यो पनि मेडिसिन बिषयमा अनिवार्य कक्षामा उपस्थित हुनैपर्छ । आइएससी विज्ञान बिषय भएकाले कक्षामा उपस्थित हुनैपर्छ । उनले नेपालमा आयुर्वेद अध्ययन गरिरहेकै समयमा बिहारको सितामढीबाट कसरी आइएससी पास गरे ? यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता सरोकारवाला निकायले छानबिन गर्नुपर्छ । दुवै बिषय विद्यार्थी स्वयं कक्षामा उपस्थित भएर अध्ययन गर्नुपर्ने बिषय भएकाले एउटा नक्कली नै हो भन्ने कुरा जोकसैले ठहर गर्नसक्छ, स्रोत भन्छ– भारतबाट ल्याएको यादवको आइएससीको प्रमाणपत्र नक्कली हो ।

त्यही नक्कली प्रमाणपत्रका आधारमा यादवले आयुर्वेदमा बीएमएस र एमडी गरिसकेका छन् । उनी यसअघि आयुर्वेद काउन्सिलको कार्यकारी निर्देशक र एक महिनाअघि मात्र नरदेवी आयुर्वेद अस्पतालका प्रमुखको जिम्मेवारी पाएका छन् । दृष्टि साप्ताहिकका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बीएमएस र एमडी गरी सरकारको उच्च ओहदाप्राप्त गरिसकेका यादवमाथि छानबिन गरी आवश्यक कारबाहीका लागि अख्तियारले पनि चासो दिनुपर्ने आयुर्वेद अस्पतालका एक चिकित्सक बताउँछन्, एलोपेथिक चिकित्सामा मात्र होइन, आयुर्वेदमा पनि यस्ता नक्कलीहरुको बिगबिगी छ । यादवमात्र होइन, आयुर्वेदका अरु नक्कली डाक्टरहरुको पनि छानबिन गरी कारबाही हुनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा
वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा