प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २३, २०७९
|
|
२१ पटक हेरिएको
Shares
प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने

सारांश

  • काठमाडौ ।
  • प्रभु बैंकका ग्राहकले होटल मानकी इन्टरनेशनलमा छुट पाउने भएका छन् ।
  • प्रभु बैंक र जनकपुर स्थित होटल मानकी इन्टरनेशनलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

काठमाडौ । प्रभु बैंकका ग्राहकले होटल मानकी इन्टरनेशनलमा छुट पाउने भएका छन् । प्रभु बैंक र जनकपुर स्थित होटल मानकी इन्टरनेशनलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मानकी इन्टरनेशनलद्धारा सञ्चालित “फुड” र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार होटल मानकी इन्टरनेशनलमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?