सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !

सारांश

  • काठमाडौ, २९ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् ।
  • कांग्रेसले एकै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै फेर्नुपर्ने आवाज उठाइरहेको बेला प्रचण्डले कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको बताए ।

काठमाडौ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् ।

कांग्रेसले एकै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै फेर्नुपर्ने आवाज उठाइरहेको बेला प्रचण्डले कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको बताए ।

मंगलबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’ उनले पार्टीमा हुँदै नभएको सभामुख तथा उपसभामुख पार्टीकै हो भन्नुनै गलत भएको बताए ।

प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताए । उनले भने, ‘पहिलापहिला सरकार नौं महिना टिक्छ कि दश महिना भन्ने चिन्ता हुन्थ्यो, त्यसैले सबै सरकारले राज्यको सामथ्र्य नभए पनि लोकप्रिय कार्यक्रम ल्याउँथे, अहिले हामी त्यो बाध्यतामा छैनौं । अहिले अर्थतन्त्र सुदृढ गर्नेतिर सोचेका छौं ।’

कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको प्रचण्डले बताए । ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’ उनले कांग्रेस सरकारमा आउन नहुने र ल्याउने योजना पछि नरहेको भन्दै राजपाले चाहेको खण्डमा भने उसलाई सरकारमा सहभागि गराउन सकिने बताए ।

प्रचण्डले ठेकेदारहरुले गुणस्तरीय काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै भने, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कार्वाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Kc

    Korche xodna garo honxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास
रेखाले आधा अनुहार छोप्नुको कारण ?
रेखाले आधा अनुहार छोप्नुको कारण ?
नवलपुरमा जलयात्रासहितको धार्मिक पर्यटन
नवलपुरमा जलयात्रासहितको धार्मिक पर्यटन
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल

तपाईंले छुटाउनुभयो कि?