किन आउँदैछिन् भारतीय विदेश मन्त्री सुस्मा स्वराज ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
किन आउँदैछिन् भारतीय विदेश मन्त्री सुस्मा स्वराज ?

सारांश

  • काठमाडौं, माघ १६ ।
  •   भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आगामी फेब्रुअरी १ र २ तारिख (माघ १८ र १९ गते) मा नेपालको भ्रमण गर्ने भएकी छन् ।
  • नेपालमा वाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमणलार्इ अर्थपूर्णरुपमा लिइएको छ ।

काठमाडौं, माघ १६ ।  भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आगामी फेब्रुअरी १ र २ तारिख (माघ १८ र १९ गते) मा नेपालको भ्रमण गर्ने भएकी छन् । नेपालमा वाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमणलार्इ अर्थपूर्णरुपमा लिइएको छ ।

अाजको अन्नपूर्णमा खबर छ-नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयास अन्तिम चरणमा पुगिरहेका बेला विदेशमन्त्री स्वराज छिमेकीसँगको सम्बन्ध अझ मजबुत बनाउन नेपाल भ्रमणमा निस्कन लागेको जानकारी भारतीय विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यो भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । ‘यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान-प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको छ’, भारतीय विदेशमन्त्रालयले विज्ञप्तीमार्फत भनेको छ, ‘त्यसैगरी द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा अझ मजबुत बनाउन यो भ्रमण महत्वको दर्शाउँछ ।’

भारतीय विदेश मन्त्रालयले स्वराजको आगामी यात्रा नेपालका क्रममा राजनीतिक नेतासँग परस्पर हितका मुद्दामा वार्ता र विचार विमर्शको अवसर पनि मिल्ने अपेक्षा गरेको छ । ‘यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर दिनेछ’, भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारत र नेपालबीच रहेको पुस्तौँदेखिको मित्रता र विशेष सम्बन्धलाई अझ बलियो बनाउन यो भ्रमणले अवसर प्रदान गर्नेछ ।’susma-e1517277586509

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Most Americans aren’t happy with their salaries. Here’s how to change that
Most Americans aren’t happy with their salaries. Here’s how to change that
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
जाजरकोटको ताजा मतपरिणामः
जाजरकोटको ताजा मतपरिणामः
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात
लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष