समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?

सारांश

  • एजेन्सी ।
  • इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले आफूलाई रंगका आधारमा गाली गर्ने समर्थहरुको आलोचना गरेका छन् ।
  • सिरिए अन्तर्गत भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई समर्थकले रंगका आधारमा होच्याएका थिए, जसलाई बालोटेलीले ‘संकीर्ण मानसिकता’ भनेका छन ।

एजेन्सी । इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले आफूलाई रंगका आधारमा गाली गर्ने समर्थहरुको आलोचना गरेका छन् । सिरिए अन्तर्गत भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई समर्थकले रंगका आधारमा होच्याएका थिए, जसलाई बालोटेलीले ‘संकीर्ण मानसिकता’ भनेका छन ।म्यान्चेष्टर सिटीका पूर्व खेलाडी बालोटेलीले त्यस्ता समर्थकलाई फुटबलसँग कुनै लगाव नभएको आरोप लगाए । खेलमा आफूलाई हेपेको आवाज सुनिन थालेपछि बालोटेलीले दर्शक भएको ठाउँमा बल प्रहार गरेर मैदान छोड्ने धम्की दिएका थिए ।

बालोटेलीलाई ‘बाँदर’ भनिएको आवाज भिडियो फुटेजमा प्रष्टै सुन्न सकिन्छ । घटनापछि बालोटेलीले आफू कहिले पनि इटालियन हुन नसकेको प्रतिक्रिया दिए । इटालीका लागि ३६ खेल खेलिसकेका उनले फुटबलमा जति ‘रेसिजम’विरुद्धको अभियान चल्दै आएपनि केही कुरा परिवर्तन नभएको बताए ।

सन् २०१३ मा त्यसबेला एसिमिलानमा रहेका केभिन प्रिन्स बोयटिङमाथि पनि यस्तै ब्यवहार गरिएको थियो । त्यसबेला बोयटिङले प्रो पाट्रियाविरुद्ध खेल्न अस्वीकार गरेपछि खेल नै रद्द भएको थियो ।‘६ वर्षपछि पनि समस्या जस्ताको त्यस्तै छ तर हार मान्ने पक्षमा छैनौंँ,’ उनले ट्वीटमा भनेका छन् । ‘रेसिजमविरुद्ध एकजुट हुनु जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?