समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • नेपाल पत्रकार महासंघले नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी बहन गर्न खटिएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सिर्जना गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएको छ ।
  • महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा यो घटनाले प्रेस र नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको महासंघको ठहर रहेको उल्लेख छ ।

काठमाडौं, २९ बैशाख । नेपाल पत्रकार महासंघले नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी बहन गर्न खटिएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सिर्जना गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा यो घटनाले प्रेस र नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको महासंघको ठहर रहेको उल्लेख छ ।

“महासंघ यो घटनाको कडा भत्र्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा मुस्ताङ भ्रमण तथा मुक्तिनाथको दर्शनका क्रममा र काठमाडौं महानगरपालिकाद्वारा गरिएको अभिनन्दन समारोहमा सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी आज बिहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र आजै दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रियसभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो । मोदी भ्रमणको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले सञ्चारमाध्यमलाई विशेष पासको व्यवस्था गरेको भए पनि ती पास लिएका सञ्चामाध्यमलाई पनि समाचार संकलन रोक लगाइएको थियो । यो घटनाले सरकार प्रेसमाथि कति उदार छ भन्ने थप प्रष्ट भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
आजदेखि देशभरका अदालत बहिष्कार
आजदेखि देशभरका अदालत बहिष्कार
पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै
पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल

तपाईंले छुटाउनुभयो कि?