राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश

सारांश

  • ८ कात्तिक, नुवाकोट ।
  • एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
  • नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर अर्जुन नरसिंह केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् ।

८ कात्तिक, नुवाकोट । एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर अर्जुन नरसिंह केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् ।

बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा कांग्रेसलाई जिताउन क्रियाशील रहने प्रतिवद्धता जनाइन ।

विशेष गरी नुवाकोटको विदुर नगर क्षेत्रमा लोकपि्रय मानिने नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी थिइन् ।

२०७० साताको संविधानसभा निर्वाचनमा समानुपातिकबाट राप्रपाको सांसद बनेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?