समानुपातिकमा एमालेको अग्रता कायम, तीन पार्टीको कट्यो तीन प्रतिशत

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
समानुपातिकमा एमालेको अग्रता कायम, तीन पार्टीको कट्यो तीन प्रतिशत

सारांश

  • काठमाडौं, मंसिर २७ – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ ।
  • देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ ।
  • नेपाली कांग्रेसले १७ लाख ३२ हजार ९ सय ७० मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादीले ४ लाख १६ हजार २४ मत आएको छ ।

काठमाडौं, मंसिर २७ – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ ।

नेपाली कांग्रेसले १७ लाख ३२ हजार ९ सय ७० मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादीले ४ लाख १६ हजार २४ मत आएको छ । यी ३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकमा कुनै सिट पाउने छैनन् । चौथो स्थानमा रहेका संघीय समाजवादी फोरमले २ लाख २० हजार ५ सय १७ मत पाउँदा राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ६२ हजार ५ सय २७ मत ल्याउँदै पाँचौ स्थानमा छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १ लाख १८ हजार ५ सय ६५ मतसहित छैठौं स्थानमा रहँदा आठौं स्थानमा रहेको विवेकशिल साझा पार्टीको १ लाख १३ हजार ८ सय ६० मत छ । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र राष्ट्रिय जनमोर्चाको भने एक लाख कटेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?