समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान

सारांश

  • काठमाडौं, माघ ५ ।
  •  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
  • आयोग प्राङ्गणमा आज १ः ३० बजे आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा.

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज १ः ३० बजे आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रदेशसभा सदस्यको निर्वाचन गत मङ्सिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका हुन् ।

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाती, ६६ खस आर्य, १२ थारु, २९ दलीत, ३७ मधेसी र ७ जना मुश्लिम उम्मेदवार विजयी भएका छन् ।

विजयी बनेर प्रमाणपत्र ग्रहण गर्ने सांसदमध्ये सबैभन्दा कम उमेरकी सिर्जना सयँजु (नेमकिपा) र सबैभन्दा जेष्ठ उमेरका बलदेव शर्मा रहेका छन् ।

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङगता भएका ४, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ४१ वटा दलहरु संलग्न भएका थिए ।

५५० सदस्यी प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने सवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नम्बर १ बाट ३७, प्रदेश नम्बर २ बाट ४३, प्रदेश नम्बर ३ बाट ४४, प्रदेश नम्बर ४ बाट २४, प्रदेश नम्बर ५ बाट ३५, प्रदेश नम्बर ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलो पटक निर्वाचन भई जन प्रतिनिधिको चयन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?