साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
१८३ पटक हेरिएको
Shares
साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस

सारांश

  • साउदी अरबको जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासमा ६७औं प्रजातन्त्र दिवस मनाइएको छ ।
  • नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
  • कार्यवहाक महावाणिज्यदूत रेवतीरमण पौडेलले नेपाली राष्ट्रिय झण्डा झन्डोत्तलन गरी कार्यक्रम सुरू गरेका थिए ।

साउदी अरबको जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासमा ६७औं प्रजातन्त्र दिवस मनाइएको छ ।


नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

कार्यवहाक महावाणिज्यदूत रेवतीरमण पौडेलले नेपाली राष्ट्रिय झण्डा झन्डोत्तलन गरी कार्यक्रम सुरू गरेका थिए । कार्यक्रममा साउदी अरबको जेद्धामा स्थापित नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवीलगायत अन्य जनसमुदायको वाक्लो उपस्थिति थियो|

शुभकामना मन्तव्यकै क्रममा कार्यवहाक महावाणिज्यदूत पौडेलले ज्ञात अज्ञात सहिदहरूको गौरवपूर्ण वलिदानीलाई स्मरण गर्दै एक दलीय जहानिँया शासनलाई प्रतिस्थापन गर्न सफल प्रजातन्त्रिक शासन व्यवस्थाको थालनी भएकोमा राष्ट्रको समृद्धिका निमित्त सहज मार्ग तय हुने वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?