इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०८०
|
|
३४ पटक हेरिएको
Shares
इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

सारांश

  • बेदकोट (कञ्चनपुर) ।
  • इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ ।
  • भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।

बेदकोट (कञ्चनपुर) । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।

शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुर्ताउनुभएको छ । “छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ ? केही थाहा छैन,” पदमाले भने,“चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुप¥यो ।” शिक्षण पेशामा सम्लग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए ।

आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउछन । बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सकेकी छैनन् । 
“शनिबार भिडिओकल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” विपिनका दाइ किशोरले भने, “त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका ग¥यैछौँ, केही पत्तो लागेको छैन ।”

विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए । शनिबारदेखि बेपत्ता रहेका उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा दस नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।

शनिबार बिहानदेखि इजरायलमा आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् । यस क्षेत्रमा हमास समूहले आतङ्कवादी आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?
मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल
महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल

तपाईंले छुटाउनुभयो कि?