चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
५० पटक हेरिएको
Shares
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

सारांश

  • सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।
  • नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए ।
  • मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।

सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।

फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए ।

मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय रहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोही अनुसार जिम्मेवार तरिकाले समाचार संकलन तथा सम्पेषण गर्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?