कोशी प्रदेशमा अध्यादेशको साहाराबाट ल्याइदै बजेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
कोशी प्रदेशमा अध्यादेशको साहाराबाट ल्याइदै बजेट

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशमा ढल्न लागेको मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।
  • नेकपा माओवादी केन्द्र समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्कीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका हुन् ।

काठमाडौं । कोशी प्रदेशमा ढल्न लागेको मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्र समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्कीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका हुन् ।

भोली(बुधवार) आगामी आर्थिक वर्षको लागि सरकारको निति तथा कार्यक्रम पेश गर्ने र असार १ गते सोही निति तथा कार्यक्रम बमोजिम बजेट ल्याउने तयारीमा सरकार रहेको भएपनि माओवादीले साथ छोडेपछि कार्की सकसमा छन् । जस्ले गर्दा उनी नेतृत्वको सरकारले बजेट ल्याउनका लागि अध्यादेशको साहारा लिएको छ ।

गएको पुष २४ गते ६० जना सांसदको सर्मथन सहित मुख्यमन्त्री बनेका कार्कीसंग
हाल भने एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ गरी ४६ जना सांसदको अल्पमतिय समिर्थन छ । ९३ सदस्सिय प्रदेश सभामा बहुमत पु–याउन न्यूनतम् ४७ सांसदको आवश्यकता पर्छ । कार्कीको पक्षमा बहुमत पुग्ने अवस्था देखिदैन । यता नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन् भने माओवादीका १३ र नेकपा एकिकृत समाजवादीका ४ गरी ४६ जना नै सांसद संख्या हुन्छ ।

जस्ले गर्दा जनता समाजवादी(जसपा) का १ जना सांसद दुबै तर्फ सरकार निर्माणका लागि निर्णयक भूमिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?