‘रुट इजाजतपत्र खारेज गर्न हाम्रो मन्जुरी छ’
सारांश
- काठमाडौं, २४ वैशाख- सरकारको आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका मुख्य नेतालाई सरकारले देशभर पक्राउ गरेपछि आन्दोलन फिर्ता लिन सहमत हुँदै कागजमा हस्ताक्षर गरेका छन् ।
- प्रहरी हिरासतबाट बाहिर निस्कनु अघि व्यावसायीले यस्तो लेखिएको कागजमा हस्ताक्षर गरेका छन्, ‘सवारी साधनको रुट इजाजतपत्र खारेज गर्न तथा हामीलाई प्रचलित कानुन बमोजिम जस्तोसुकै कारबाही भएमा पनि हाम्रो मञ्जुरी छ’, ‘लिखितम हामी तपशीलका यातायात व्यवसायी महासंघका पदाधिकारीहरू आगे नेपाल सरकारले यातायात क्षेत्रमा सिन्डिकेट तोड्न चालेको कदमप्रति मेरो पूर्ण समर्थन र विश्वास रहेको छ ।
- हामी र हाम्रो व्यवसाय नेपाल सरकारको नीति, निर्णय तथा कानुनी व्यवस्था प्रतिकूल हुने गरी सञ्चालन गर्ने छैनौँ र अरू कसैलाई पनि प्रचलित कानुन र नेपाल सरकारको नीति प्रतिकूल हुने कार्यमा प्रोत्साहन गर्ने छैनौँ ।
काठमाडौं, २४ वैशाख- सरकारको आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका मुख्य नेतालाई सरकारले देशभर पक्राउ गरेपछि आन्दोलन फिर्ता लिन सहमत हुँदै कागजमा हस्ताक्षर गरेका छन् ।
प्रहरी हिरासतबाट बाहिर निस्कनु अघि व्यावसायीले यस्तो लेखिएको कागजमा हस्ताक्षर गरेका छन्, ‘सवारी साधनको रुट इजाजतपत्र खारेज गर्न तथा हामीलाई प्रचलित कानुन बमोजिम जस्तोसुकै कारबाही भएमा पनि हाम्रो मञ्जुरी छ’,
‘लिखितम हामी तपशीलका यातायात व्यवसायी महासंघका पदाधिकारीहरू आगे नेपाल सरकारले यातायात क्षेत्रमा सिन्डिकेट तोड्न चालेको कदमप्रति मेरो पूर्ण समर्थन र विश्वास रहेको छ । हामी र हाम्रो व्यवसाय नेपाल सरकारको नीति, निर्णय तथा कानुनी व्यवस्था प्रतिकूल हुने गरी सञ्चालन गर्ने छैनौँ र अरू कसैलाई पनि प्रचलित कानुन र नेपाल सरकारको नीति प्रतिकूल हुने कार्यमा प्रोत्साहन गर्ने छैनौँ ।
अब उप्रान्त हामी र हामी सम्बद्ध यातायात व्यवसायलाई प्रचलित कानुन बमोजिम दर्ता गरी सरकारको नीतिअनुकूल सञ्चालन गर्नेछौँ । यातायात क्षेत्रमा सरकारले चालेको सिन्डिकेट हटाउने कदमको स्वागत गर्दछौँ । तपशीलका व्यक्तिको रोहबरमा यो कागज लेखी लेखाई सहिछाप गरी नेपाल सरकारलाई चढायौँ ।’
सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।
यातायात मन्त्री रघुवीर महासेठको उपस्थितमा आइतबार राति सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी सहमति भएको छ । सहमतिको विस्तृत जानकारी आज सोमबार दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलन मार्फत बाहिर ल्याइने बताइएको छ ।
प्रतिक्रिया