टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो

सारांश

  • एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् ।
  • टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् ।
  • टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए ।

एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् ।

टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए । ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ ।

उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भत्किएको घरबाट एक जना ३ वर्षीया बालिकालाई जीविकै उद्धार गर्न सफल भएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्नीच्यूडको गएको जनाएको छ ।

उक्त भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रीसको राजधानी एथेन्स समेत पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो । गत शुक्रबारको पहिलो भूकम्प पश्चात एक हजार ७०० भन्दा बढी पटक परकम्प गइसकेका छन् । तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?