एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
सारांश
- तनहुँ, २७, मंसिर तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।
- घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए ।
- सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठ लगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरू माथि आक्रमण गरेको बताइएको छ ।
तनहुँ, २७, मंसिर
तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए ।
सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठ लगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरू माथि आक्रमण गरेको बताइएको छ ।
आक्रमणबाट श्रेष्ठको शरीरमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको बायाँ हातको बुढी औँला फ्याक्चर भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया