विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • झापाको विर्तामोड नगरपालिकाको ७,८ र ९ वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको छ।
  • सोमबार विहान साढे चार बजे वडा तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकार दिए।

काठमाडौं। झापाको विर्तामोड नगरपालिकाको ७,८ र ९ वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको छ। सोमबार विहान साढे चार बजे वडा तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकार दिए। ‘सोमबार विहान साढे चार बजे तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘सामान्य भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन।’

उनका अनुसार विस्फोटबाट कार्यालयका ढोकामा क्षति पुगेको छ। विस्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले जनाए। घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला नपरेका कारण बम कसले विस्फोट गरायो भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। यद्यपी सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?