नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ ।
  • बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।

काठमाडौँ, ८ कात्तिक । धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५६ कम्पनीको नौ लाख ४८ हजार ५९३ कित्ता शेयर रु २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । उत्पादन समूह ४९ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ नौ दशमलब ४३, होटल ३६ दशमलब ९४, विकास बैंक तीन दशमलब ६२, जलविद्युत् ११ दशमलब शून्य ६, वित्त दुई दशमलब २३, निर्जीवन बीमा ४० दशमलब २४, अन्य नौ दशमलब २७, माइक्रोफाइनान्स ६ दशमलब ४५ र जीवन बीमा १२ दशमलब ३९ बिन्दुले घटेको छ ।

छ्याङदी हाइड्रोपावर, कन्काई विकास बैंक, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी र समता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्
गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रोकिँदै, शुरु हुँदै विषादी जाँच