सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सारांश

  • काठमाडौं ।
  • सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडीमा ताल निर्माण शुरु
टुँडीमा ताल निर्माण शुरु
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
महोत्तरीको चुनाव: जातीय समीकरण र ‘धन’ हार–जितको मुख्य फ्याक्टर
महोत्तरीको चुनाव: जातीय समीकरण र ‘धन’ हार–जितको मुख्य फ्याक्टर
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
बैंकको ब्याजदर घटाउन आग्रह
बैंकको ब्याजदर घटाउन आग्रह
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)