जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त

सारांश

  • जनकपुरधाम, ३० जेठ ।
  •   जनकपुर अञ्‍चल अस्पतालमा चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएपछि आक्रोसित स्थानीय युवाहरुले जनकपुरका प्रदर्शन गर्न थालेका छन्।
  • अञ्‍चल अस्पतालविरुद्ध उत्रेका स्थानीयहरु विरोधका विभिन्‍न कार्यक्रमहरुगर्न सुरु गरेका छन्।

जनकपुरधाम, ३० जेठ ।  जनकपुर अञ्‍चल अस्पतालमा चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएपछि आक्रोसित स्थानीय युवाहरुले जनकपुरका प्रदर्शन गर्न थालेका छन्।

अञ्‍चल अस्पतालविरुद्ध उत्रेका स्थानीयहरु विरोधका विभिन्‍न कार्यक्रमहरुगर्न सुरु गरेका छन्। यसैक्रममा बुधबार जनकपुरको भानुचोकमा नाराबाजी गरिरहेका युवाहरु र प्रहरीबीच केही झडप समेत भएको छ।

बुधबार बिहानैदेखि जनकपुरका युवाहरुले भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि प्रहरी र युवाबीच झडप भएको हो। झडपको क्रममा करिब १५ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।
प्रदर्शनको क्रममा स्थिति उग्र बन्‍ने देखेपछि प्रहरीले करिब १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

गत साता शुक्रवार विहान चिकित्सकको सुत्केरीको मृत्यु भएको घटनालाई लिएर युवाहरूले अस्पतालका मेसुलाई कालोमासी छ्यापेपछी प्रहरीले ४ जनालाई समातेको थियो।

प्रदर्शन गर्दै युवाहरुले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।

निर्दोषलाई रिहा गर भन्दै प्रर्दशन

जनकपुर अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रामपरीक्षण यादवलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँचजनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरेपछी विद्यार्थी तथा स्थानीय युवाहरुले प्रदेश सरकार तथा प्रहरीविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।
निर्दोषको हत्या गर्न पाईंदैन, ‘प्रदेश सरकार मुर्दावाद, प्रहरी प्रशासन मुर्दावाद, रामपरीक्षण मुर्दावाद’ सहितका नारा लगाउँदै दर्जनौँ युवाहरुले जनकपुरको जनकचोकमा मंगलवार साँझ ६ बजे प्रर्दशन गरे।

जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले ज्यान जाने गरेको भन्दै सुधारको लागि ज्ञापन पत्र बुझाउन गएका नयाँ शक्ति नेपाल, तरुणदल, नेविसंघ, विद्यार्थी युनियनसहित स्थानीययुवाहरुको समूहले गत आईतवार मेसु यादवलाई उनकै कार्यकक्षमा कालोमोसो दलेका थिए।

घटना लगतै तीनजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । पक्राउ परेका अखिल भटी, अमित पाठक र बिपिन कुमार शाहमाथि सोमबार नै प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेर कार्वाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता, मंगलबार विहान पनि कालोमोसो दलेको आरोपमा रमेश कुमार यादव र बिजय माथालाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरी कार्वाही प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह
तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै धारागोला
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक

तपाईंले छुटाउनुभयो कि?