जनताका समस्या सदनमा
सारांश
- काठमाडौं, १० असाेज।
- प्रतिनिधिसभा बैठकमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
- बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, १० असाेज। प्रतिनिधिसभा बैठकमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद देव गुरुङले भदौ २७ गतेको बाढी पहिरोले लम्जुङको उत्तरी भेगमा ठाउ ठाउमा बाटो अवरुद्ध भएको भन्दै तत्काल सडक सञ्चालनको व्यवस्था मिलाउन भौतिक योजना मन्त्रालय तथा सडक विभागको गम्भीर ध्यानाकर्षण गराए।
सांसद देव प्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुर मा संझना कुमारी दास र सुनिता कुमारी दासलाई एसिड प्रहार गर्ने दोषिलाई हदै सम्मको कारवाही गर्न माग गरे। सांसद धर्मशिला चापागाईले हिंसाका घटना हुनुको कारण खोजी चेतनामुलक पाठ्यक्रमको विस्तार गर्नुपर्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। सांसद नारायण प्रसाद खतिवडाले नुवाकोट जिल्लाको त्रिशुली अस्पताल लगायत अन्य ३ वटा क्षेत्रीय अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नभएको भन्दै डाक्टरलाई काजमा सरुवा गर्ने ऐनबारे सरकारसंग जवाफ माग गरे।
सांसद पार्वती डिसी चौधरीले दशैको मुखमा आएर मुल्यवृद्धि गरेर दशैमा सरकारले जनतालाई मूल्यवृद्धिको उपहार दिएको भन्दै त्यसको विरोध गरिन्। सांसद बालकृष्ण खाँडले सर्वोच्च अदालतले समेत विद्यालय कर्मचारीको सेवा र सुविधालाई सुनिश्चित गर्न दिएको आदेशको वेवास्ता गर्दै सरकारले विद्यालयका कर्मचारीलाई उचित तलब र सुविधा उपलब्ध नगराएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराए।
प्रतिक्रिया