सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
  • उहाँले भन्नुभयो, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।
  • ” पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।”

पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भन्नुभयो ।

उहाँले भन्नुभयो, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।” मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।”

सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँलाख बालबालिका राम्रो हुनुको अर्थ सिङ्गो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।” मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले विकासको पहिलो फड्को सडकबाट शुरु गरेको उल्लेख गर्दै ग्वार्को–शङ्खु दाहालटार र दाहालटार–कटुञ्जे चौकीडाँडा सडकखण्ड निर्माण अगाडि बढेको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले जिल्लाका १३५ वडामध्ये पाँचौँ नम्बरमा पर्न सफल भएको भन्दै वडा र नगरले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न राम्रो काम गरेको हुँदा अगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री बाँस्कोटाले सो नगरपालिका वडा नं १ लाई बालमैत्री भएको उद्घोष गर्नुभयो । समारोहमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न भूमिका खेल्ने सहजकर्ता, बालसमूह, बालक्लब र सहयोगी निकायलाई सम्मानका साथै जिल्ला समन्वय समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । साथै पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगद रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं १ भित्रका विभिन्न विद्यालयका बालक्लबका विद्यार्थीले गीत तथा नृत्य प्रदर्शन गरेका थिए । यसअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२, २ र ३ तथा धुलिखेल नगरपालिका वडा नं १० बालमैत्री स्थानीय शासन वडा घोषणा भएको थियो ।

ज्येष्ठ नागरिक सम्मानित

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका वडा नं ५ को नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वडाका १८० ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । पिपलडाँडामा आयोजित सो समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सिकेका ज्ञान र सीप नयाँपुस्तालाई हस्तान्तरण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । पुरानो संस्कृति र सभ्यतालाई जोगाएर राखेको योगदानलाई नयाँपुस्ताले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा मन्त्री बाँस्कोटाले खानेपानीको समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन भई शहरी विकास मन्त्रालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाका रुपमा रु दुई अर्ब ११ करोडभन्दा माथिको काम सिङ्गो नगरपालिकामा सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक रामचन्द्र सुवेदीले वडाबाट नै सबै सेवा लिन पाउने भएकाले नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
शेरधन राई बन्ने भए प्रदेश १ को मुख्यमन्त्री
शेरधन राई बन्ने भए प्रदेश १ को मुख्यमन्त्री
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

तपाईंले छुटाउनुभयो कि?