डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?

सारांश

  • काठमाडौं , ९ जेठ  ।
  • यतिबेला माओवाद र जनयुद्धको सबैभन्दा बढी मायाँ  कसलाई लागेको होला ?
  • सीधा जवाफ आउछ शहीद परिवार, वेपत्ता परिवारहरुलाई ।

काठमाडौं , ९ जेठ  । यतिबेला माओवाद र जनयुद्धको सबैभन्दा बढी मायाँ  कसलाई लागेको होला ? सीधा जवाफ आउछ शहीद परिवार, वेपत्ता परिवारहरुलाई । तर, होइन यतिबेला सबैभन्दा बढी ती शब्दको मायाँ बाबुराम भट्टराईलाई लागेको छ ।

माओवादी केन्द्र छोडेर हिंडेको झन्डै ३ बर्षपछि बाबुरामको कोमल हृदयमा यो मायाँ पलाएर थामिनसक्नु भएको छ । बाबुराममा यो मायाँ भन्ने कुरा जब प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र केपीओली नेतृत्वको एमालेबीच एकीकरण भएर नेकपा गठन भयो अनि पलाएको हो ।

बाबुराम भट्टराई हरेक दिन प्रचण्डले माओवाद छोडेको, जनयुद्धको अपमान गरेको जस्तो तर्क गरिरहेका छन्, जबकि उनैले २०७२ असोज ६ गते छोडेर हिंडेका हुन् । माओवादी केन्द्रको परम्परागत मान्यता र नीति, कार्यक्रमबाट अगाडि बढ्न सकिदैन भनेर माओवाद, जनयुद्धको विरासत छोडेर नयाँ  शक्ति पार्टी गठन गरेका थिए । तर, अहिले उनै माओवादको प्रखर वक्ता देखिएका छन् । उनी हरेक ट्विटमा प्रचण्डले माओवाद छाडेकोमा प्रश्न गर्छन् ।

अनि पार्टी चलाउन नसकेर एमालेमा बुझाएको दाबी गर्छन् । जबकि उनी आफैले पार्टीको नेतृत्व सक्षम र सन्तुलितरुपमा चलाउन नसकेर देवेन्द्र पौडेलको नेतृत्वमा ठूलो समूह माओवादी केन्द्रमा फर्किएको थियो साँघु साप्ताहिकमा खबर छ । नया“ शक्ति पार्टी नै छिन्नभिन्न भएको छ । साथै, उनको पार्टीले पनि माओवाद मान्दैन् र जनयुद्धको विरासत पनि बोकेको छैन ।

वाम बुद्धिजीवी तथा बाबुराम भट्टराईका मित्र दीपेन्द्रबहादुर क्षेत्रीको भट्टराईलाई प्रश्न छ–‘‘बाबुरामजीले पार्टी चलाउन नसकेर प्रचण्डले पार्टी एमालेलाई बुझाए भनेर टिप्पणी गरेको पढियो । अनि उहाँले माओवादी र जनयुद्ध छोडेको भनेर चिन्ता गरेको पनि देखियो । तर, बाबुरामजी आफैले चाहिं के गर्नुभयो त खै ? अरुलाई आलोचना गर्दै गर्दा आफूले के गरें भन्ने कुरा हेर्न जरुरी हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
‘नाङ्गो गाउँ’ मा राजनीति
‘नाङ्गो गाउँ’ मा राजनीति
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
खुब फस्टाइरहेको छ ‘मिस’ र ‘मिस्टर’को धन्दा !
खुब फस्टाइरहेको छ ‘मिस’ र ‘मिस्टर’को धन्दा !
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल

तपाईंले छुटाउनुभयो कि?