रौतहट मा ४५ जना सबार डुंगा दुर्घटना
सारांश
- काठमाडौ ९ भदौ।
- रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन ।
- अहिले राति करीब ८ बजे को समयमा दुर्घटना भएका कारण उद्धारमा समस्या अाएको छ।
काठमाडौ ९ भदौ। रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन ।
अहिले राति करीब ८ बजे को समयमा दुर्घटना भएका कारण उद्धारमा समस्या अाएको छ। डुंगामा रहेका ४५ जना मध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल लगायत को सुरक्षा निकायको टोलि घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भईरहेको प्रशासन ले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया