श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् ।
  • उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् । उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालद्वारा आयोजित एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उनले श्रमिकले एक वर्षभरि काम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद रहेको बताए। अध्यक्ष लिङ्देनले श्रमिकले छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा खर्च गर्न पनि नसक्ने भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान पुर्याउनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा नारामै सीमित छ । श्रमिक दिवस मनाइराख्दा श्रमिकको अवस्था हामीले बुझ्न जरुरी छ ।” श्रमिकहरू कति मर्यादित, सुरक्षित, स्वस्थ छन् भन्नेतर्फ सरकार केन्द्रित हुन जरुरी रहेको धारणा उनले राखे। ट्रेड युनियनको आगामी आन्दोलन श्रमिका सुरक्षा मर्यादासँग केन्द्रित हुनुपर्नेे उनको भनाइ थियो ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले सबैखाले श्रमलाई सम्मान गर्नुपर्ने धारणा राखे। श्रमसँगै समयको पनि उत्तिकै महत्त्व भएकाले श्रमिकले श्रम र समयलाई ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

श्रम ऐन, २०७४ मा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू गर्न चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?