रुसद्वारा ६९९ किलो कोकिन बरामद

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २७, २०७९
|
|
१६ पटक हेरिएको
Shares
रुसद्वारा ६९९ किलो कोकिन बरामद

सारांश

  • मस्को ।
  • रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ ।
  • सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।

मस्को । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ ।

सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।

दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रूबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ ।

संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रूसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ । रुसी कानून अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?