सरकारले काम नगरेको भन्दै देउवाले गरे आलोचना

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सरकारले काम नगरेको भन्दै देउवाले गरे आलोचना

सारांश

  • भक्तपुर ।
  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्नेगरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् ।
  • कांग्रेस भक्तपुरले मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए ।

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्नेगरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस भक्तपुरले मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए ।

जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधि गरिरहेको जिकिर गरे ।

देउवाले देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले नसकेको बताए । यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले नचाहेको टिप्पणी गरे।

कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्यांकन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए । नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनतालाई कर र मंहगी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी
गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
पदमप्रसाद निरौलालाई किन राखियो ‘तीनमुरे बाजे’ नाम ?
पदमप्रसाद निरौलालाई किन राखियो ‘तीनमुरे बाजे’ नाम ?
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?