नेपाली महिला बेच्ने मानव तस्करको ‘नयाँ बाटो’ भेटियो
सारांश
- काठमाडौं ।
- राम्रो काम लगाइदिने बहानामा मानव तस्करले नेपाली महिला भारत हुँदै विभिन्न देशमा पुराएर छोड्ने पुरानै कुरा हो ।
- नेपाल र भारतको नयाँ दिल्लीबाट तेस्रो मुलुक जान कडाइ गरेपछि नेपाली महिला बेच्ने मानव तस्करको ‘नयाँ बाटो’ फेला परेको छ ।
काठमाडौं । राम्रो काम लगाइदिने बहानामा मानव तस्करले नेपाली महिला भारत हुँदै विभिन्न देशमा पुराएर छोड्ने पुरानै कुरा हो । नेपाल र भारतको नयाँ दिल्लीबाट तेस्रो मुलुक जान कडाइ गरेपछि नेपाली महिला बेच्ने मानव तस्करको ‘नयाँ बाटो’ फेला परेको छ ।
नेपाली युवतीहरुलाई राम्रो काम लगाइदिने बहानामा यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुराएको भेटिएको छ । म्यानमारबाट खाडी देश, अफ्रिकन मुलुकमा पुराएर जबरजस्ती वेश्यावृत्ति, यौन क्रियाकलापमा संलग्न गराउने नयाँ बाटो फेला परेको हो ।
यो तथ्य माइती नेपालले सार्वजनिक गरेको हो । महिला तथा बालिका बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले मणिपुरबाट, म्यानमार हुँदै तेस्रो मुलुकमा मानव तस्करी गरेको भेटाएको बताएको छ ।
काठमाडौं विमानस्थलमा नेपाली महिलालाई अन्य देशमा जान कडाइ गरिएको छ । नेपाली महिलालाई भारतको दिल्लीबाट अन्य देश जान भारतस्थित नेपाली दुताबासको स्विकृति पत्र अनिवार्य गरेको छ । दिल्लीबाट नेपाली महिला खाडी मुलुक जान कडाइ गरेपछि मानव तस्करले बाटो फेरेको भेटिएको हो ।
प्रतिक्रिया