महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

सारांश

  • काठमाडाैं।
  • विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।
  • ८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो।

काठमाडाैं। विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन्।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ।

पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance register

    Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/en/register?ref=P9L9FQKY

    Comment Author

    binance Konto erstellen

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    Iscriviti per ottenere 100 USDT

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?