आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै

सारांश

  • काठमाडौं, पुस २९ ।
  • राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

स्रोतका अनुसार आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाइएको छ । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने बोर्डले व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नुपर्ने हुन्छ ।

कक्षा ११ को परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।

यसैबीच नतिजा हेर्न मोबाइलको मेसेज बक्समा गई K टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?