सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको आरोप

सारांश

  • नेपाली काँग्रेसकी नेत्री एवं राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले संविधानको कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताउनुभएको छ ।
  • कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत काँग्रेस कास्कीद्वारा आज पोखरामा उहाँले संविधानले गरेका व्यवस्थालाई पनि सरकारले कार्यान्वयनमा लान नसकेको आरोप लगाउनुभयो ।
  • विकास र समृद्धिको नारा लिएको सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उहाँले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसकी नेत्री एवं राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले संविधानको कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत काँग्रेस कास्कीद्वारा आज पोखरामा उहाँले संविधानले गरेका व्यवस्थालाई पनि सरकारले कार्यान्वयनमा लान नसकेको आरोप लगाउनुभयो ।

विकास र समृद्धिको नारा लिएको सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उहाँले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहीनता, सुशासनलगायत विषयमा सरकार असफल बनेको उल्लेख गर्दै उहाँले सरकारलाई सही मार्गमा हिँडाउनका लागि पनि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।

यसैबीच नेपाली काँग्रेस कास्कीले क्षेत्र नं २ का सबै मतादातसँगको भेटघाट सकिएको जनाएको छ । एक पटक सबै मतादातासँग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसँग राख्ने काम भएको कास्कीका पार्टी सभापति एवं निर्वाचन परिचालन मूल समितिका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
रुकुमपश्चिम बाहिरका तीनको मृत्यु
रुकुमपश्चिम बाहिरका तीनको मृत्यु
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
Passionate Tips For Men – a few Ways to Make Your Guy Fall in Love With You
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड

तपाईंले छुटाउनुभयो कि?